२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वयंवर सकेपछि बेहुली बिवाहमण्डपबाटै गायब, रित्तै फर्किए बेहुला !

२०७५, २० फाल्गुन सोमबार १०:२२

फागुन २०, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका वडा नम्बर ३ यदुकुआमा बिवाहमण्डपबाटै बेहुली फरार भएकी छन् । यहाँकी एक युवतीसँग विवाह गर्न धनुषाकै सबैलाबाट जन्तीसहित बेहुला आएका थिए । आइतबार राति जन्ती आएर विवाहका प्रायः सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेलामा युवती एकाएक गायव भएपछि गाउँभरि खैलाबैला मच्चिएको छ ।

मधेसी दलित समुदाय अन्तर्गत राम थरका युवा–युवतीबीच आइतबार राति विवाह तय भएको थियो । सोहीअनुसार युवक पक्ष जन्तीसहित विवाह गर्न यदुकुआ पुगेका थिए ।

जन्ती आएपछि युवती पक्षले स्वागत सत्कार गरेपछि मैथिली परम्परा अनुसार विवाहपूर्व हुने स्वयंवर प्रक्रिया पनि सम्पन्न भइसकेको थियो । स्वयंवरपछि युवतीको आँगनमा बनाइएको मण्डपमा अन्य वैवाहिक कार्यक्रम अगाडि बढाउनुपूर्व नै युवती आफ्नो घरबाट गायव भएको इलाका प्रहरी कार्यालय यदुकुआका इञ्चार्ज एवं प्रहरी निरीक्षक भीम खड्काले बताए ।

यद्यपि स्थानीयहरुका अनुसार युवतीको इनर्वातिरका एक युवकसँग प्रेम भएको र उनी प्रेमीसँगै भागेको हुन सक्ने प्रहरीले बतायो । युवती भागेपछि यो विषयले स्थानीय युवा युवतीमाझ विशेष चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस