२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वडा अध्यक्षद्धारा गाउँपालिकाका अध्यक्षका ड्राइभरलाई कुटपिट

९ चैत्र २०७५, शनिबार ०८:४४

विमल धामी | चैत ९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेमराज खातीले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाका ड्राइभर कर्ण बहादुर धामीलाई निर्घात कुटपिट गरेको छ ।


बेलडाँडी गाउँपालिकाकी उपाध्यक्षलाई घर पुर्याएर फर्किने बेला वडा नं. ५ को इमलियामा खाती र लिटिल स्टारका फाउण्डर सुगन्ध सोतीले गाडी रोकी गाडी बाट बाहिर तानेर कुटपिट गरेको पिडित धामीले बताए । वहाँका अनुसार खातीले सोतीलाई कुट्न लगाएको र सोतीले ज्यान मार्ने धम्की समेत दिएको बताए । अध्यक्ष खातीले हिजो दिउँसो देखि गाउँपालिकाका अध्यक्षलाई दिउँसै रक्सी खाएर कार्यालयमै गाली गर्न थालेको साझ अध्यक्षलाई रोक्न खोजको तर गाडीमा अध्यक्ष नभएको हुनाले आफु माथी खनिएको बताए । अध्यक्ष खातीका विरुद्ध धामीले प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

यसरी जनता बाट निर्वाचित जनप्रतिनिधीहरुले यस्तो हर्कत गर्दा स्थानीय आक्रोसित बनेका छन् । वडा नं. ४ मा बोर्डिङ स्कुल संचालन गर्दै आएका सोतीको यस्तो घिनलाग्दो व्यवहार देखेर अभिभावकहरु कुरा काट्न थालेका छन् ।

स्थानीय नागरिकहरुले भने खाती सधै रक्सी खाने मान्छे भएको भन्दै पहिले पनि सबैलाई गाली गलोच गर्ने मान्छे हो भन्न थालेका छन् । अध्यक्ष खातीले भने आफुले हातपात नगरेको दावी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो