2026-08-24 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिकाको हत्या गरि हातखुट्टा बाँधेर कोशी बगाईदिए, २६ दिनपछि भेटियो शव

चैत १३, विराटनगर । मोरङ जिल्लाको बेलबारी वार्ड नम्बर ४ कि रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा रमिलाको शव खोजिरहेको थियो । तर, भेटाउन सकेको थिएन । 

मोरङका प्रहरीले कोशी नदीमा शव भेटिएपछि पोष्टमार्टमका लागि पठाएको छ । गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेका थिए ।  हत्या स्वीकारेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरेको थियो तर भेट्न सकेको थिएन । 

हत्या भएकी रमिला गुरुङकी प्रेमिका हुन् । दुवै विवाहित हुन् तर रमिला श्रीमानसँग डिभोर्स भएर माइतीमा बस्दै आएकी थिइन् । 

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । बयानका क्रममा गुरुङले रमिलाको हत्या गरेर बा१५च ७९१६ नम्बरको आफ्नै कारमा राखेर शव कोशी ब्यारेज पुर्‍याएर फालेको बताएका थिए ।

गुरुङले दिएको बयान र मृतकको अवस्था मिलेको प्रहरीले जनाएको छ । गुरुङले बयानमा भने जस्तै रमिलाको शव बोरामा भेटिएको थियो । शव हातखुट्टा बाँधेको अवस्थामा कोशी ब्यारेजको सप्तरीतर्फको ५२ नम्बर ढोकामा भेटिएको प्रहरीले जनाएको छ । 

हत्या भएको दिन राई र गुरुङ सुन्दरहरैँचाको विराटचोकस्थित हवना रेष्टुरेण्टमा गएको खुलेको छ। त्यहाँ मादक पदार्थ सेवन गरेर शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए। उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडेपछि रमिलालाई भने गाडीमै लिएर घरतर्फ गएका थिए। त्यसपछि गुरुङले रमिलाको हत्या गरेको बुझिएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राई र गुरुङबीच मादक पदार्थ सेवन गर्दा विवाद भएपछि हत्या गरेको गुरुङले दिएको बयानमा भनिएको छ ।

रमिलाको खोजी गर्न भन्दै गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए । १८ गते रमिलाको घर पुगेका गुरुङले प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न लगाए । उनले पनि प्रहरीलाई टेलिफोन गरी खोजी गरिदिन आग्रह गरे । तर, आफूमाथि अनुसन्धान केन्द्रित हुन थालेपछि गुरुङ भागेर इलाम पुगेका थिए । इलामबाट पक्राउ परेपछि भने उनले हत्या गरेको स्वीकार गर्दै बयान दिएका थिए ।

घटना भएको दिनको एक ‘सीसीटिभी फुटेज’ हेरेपछि घटनामा गुरुङको संलग्नता रहेको देखाएको थियो । १७ गते राति ११ बजे घर आएको बताएका गुरुङको गाडी राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको सीसी क्यामेरामा देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन