2026-09-19 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

१३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जन्मकैद

चैत १४, गाईघाट (रासस) | उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । 

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । 

बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र रु एक लाख आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महीना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो । 

दुवै किशोर १८ वर्षभन्दा तल भएका कारण पूरा उमेर भएकाहरुले पाउने पूर्ण जन्मकैद सजायको आधा सजाय गर्ने ती किशोरलाई कानूनी व्यवस्था भएबमोजिम जन्मकैदको फैसला भएको पनि अदालतले जनाएको छ । 

गत कात्तिक ६ गते जङ्गलमा एक्लै बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई एउटै स्कूलका कक्षामा अध्ययन गर्ने ती दुई किशोरले जङ्गलमा पुगेर बालिकालाई यौन प्र्रस्ताव राखेका थिए । बालिकाले प्रस्ताव अस्वीकार गरेपछि बालिकाको बलात्कार गरेर हत्या गरेको आरोप दुई किशोरलाई लागेको थियो । 

बालिकाको हत्या गरेर जङ्गलबाट गाउँ नजिकैको खरबारी डाँडाको रुखको फैदमा लगेर शव फालेको अवस्थामा फेला परेको थियो । हत्या गर्नेहरुको खोजी गर्ने क्रममा प्रहरीले सुनसरीको धरानबाट प्रहरीको तालीम प्राप्त कुकुरसमेत प्रयोग गरेपछि एक किशोर पक्राउ परी उसैको सहयोगमा अर्का किशोर पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

माथिको तश्विरमा: बलात्कार पछि हत्या गर्ने दुई किशोर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई