पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २५, काठमाडौं । सुनसरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।<br></p><p>धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।</p><p>दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।</p>

