२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता एकको उद्धार

२०७६, १ बैशाख आईतवार ०७:०९

बैसाख १, चितवन । नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ । गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो । बुटवलबाट तीन जना युवक नयाँ वर्षमा घुम्न आउने क्रममा नदीमा नुहाउँदा बगाएको प्रहरीले जनाएको छ ।

देवघाटमा भक्तजनको घुइँचो 

नयाँ वर्षका अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नानसँगै पूजाआजा गर्नेको घुइँचो लागेको छ । बिहान सबेरैदेखि विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ५ नबज्दैदेखि भक्तजनको घुइँचो लागेको बताउनुभयो । पौडेलका अनुसार शनिबार राजधानीसहित विभिन्न जिल्लाका भक्तजन देवघाटमा बास बस्ने गरिआएका थिए । दश वर्षअघि सम्म नयाँ वर्षमा सुनसानजस्तो देखिने देवघाट पछिल्ला वर्षमा मेला लागेको जस्तो गरी भक्तजन आउने गरेको उहाँले बताउनुभयो । 

पौडेलका अनुसार एक लाखभन्दा बढी भक्तजन भित्रिने अनुमान गरिएको छ । दिउँसो २÷३ बजेसम्म भक्तजन आउने उहाँले बताउनुभयो । देवघाट आएका भक्तजनले वेणीमा स्नान गर्ने, मठमन्दिरमा दानपुण्य गर्ने, ग्रह शान्ति गर्ने, शुभकार्य गर्ने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । कतिपय नयाँ वर्षमा रमाइलाका लागि पनि देवघाट आएको उहाँले बताउनुभयो । आफ्नो वर्षभर नै शुभ कल्याण होस् भनेर देवघाट आउने बढेको घिमिरेले बताउनुभयो । बिहान सबेरैदेखि आँपटारीदेखि देवघाटसम्म सवारी साधन र पैदल यात्रीको चाप बढेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण