<p>वैशाख ३, काठमाडौं । मंगलबार गोरखा केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । <br></p><p>केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ । दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो । </p>
