बैशाख ५, मकवानपुर । विप्लवका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा मिनि ट्रक र बोलेरो गाडीमा आगजनी गरेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुले जनाएको छ ।

यसैगरी मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको छ ।

तीनजनाको समूहले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

April 18, 2019
काठमाडौँ - KTM, मकवानपुर - MKW, समाज
बन्द प्रभाव: मकवानपुरमा दुईवटा गाडीमा आगजनी
By kit
2 मिनेट पढाइ