३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

द्वन्द्वकालमा पर्वतमा १ म्याग्दीमा ४ बेपत्ता

८ बैशाख २०७३, बुधबार ०२:५६

पर्वत  बेपत्ता छानबिन आयोगले बिहीबारदेखि बेपत्ता भएकाहरुको विवरण सङ्कलन सुरु गरेको छ ।     पर्वत जिल्लामा द्वन्द्वकालमा बेपत्ता भएका मध्ये मंगलबारसम्म एक जनाको मात्रै निवेदन परेको छ । भने २ जनाको सत्य निरुपण तथा मेलमिलाप आयोजनामा निवेदन परेको स्थानिय शान्ति समिति जिल्ला शाखा पर्वतमा कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए ।
द्वन्द्वकालमा बेपत्ता भएका तथा पीडित बनेका व्यक्तिहरुको निवदेन दर्ता गर्ने प्रक्रिया चलेता पनि धेरैले निवेदन पत्र लगेको तर जम्मा एक जनाको वेपत्तामा निवेदन परेको उनको भनाई छ ।    जिल्लामा उपलब्ध भएको तथ्याङक अनुसार ९१ जनाको मृत्यु भएको उल्लेख      छ ।

त्यस्तै मुत्यु भएका सर्वसाधरणका एकल महिला १५, अपाङ्गता बनेका ३४ जना जसमध्ये २३ जनाले राहत पाएका छन् । त्यसैगरी घाइते ५३ मध्ये ९ जनाले राहत पाएको, बेपत्ता १० मध्ये २ जनाले राहत, विस्थापित १ सय ५ मध्ये १८ ले राहत, टुहुरा बालबालिका ९ जनामा २ ले राहत,  व्यक्तिगत सम्पत्ती क्षती ६९ मध्येमा ५३ ले राहत, सरकारी संरचना क्षती २१,जर्वजस्ती कैद वा हिरासतमा ३७ जना रहेको शान्ति समितिले जनाएको छ ।

यता म्याग्दी जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार बेपत्ताको सूचीमा बरङ्जा गाविसका दिलबहादुर थापा, ताकम–५ का रेशम मगर, बेगखोला–२ का श्यामप्रसाद रुचाल र तामबहादुर पुर्जा छन् ।  थापालाई सुरक्षा फौजले स्याङ्जा चित्रेभन्ज्याङबाट माओवादीको       आरोपमा बेपत्ता बनाएको थियो ।

  उनको हत्या भएको हुन सक्ने भए पनि कहाँ र कहिले भन्ने बारेमा अझै पत्ता लाग्न सकेको छैन । पश्चिम म्याग्दीको ताकमका मगरलाई छिमेकी देवीस्थान गाविसबाट माओवादी फौजले आन्दोलनमा सहभागी हुन लगेदेखि उनी सम्पर्कमा छैनन् ।  माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनका क्रममा बेपत्ता भएकाको लिखित उजुरी सङ्कलन      भइरहेको छ । तथ्याङ्क सङ्कलन भएपछि यहाँ समेत बेपत्ता भएकाको खोजी सुरु भएको   छ ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति र गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गरेपछि राहतसहितको आधारभूत सुविधाबाट वञ्चित बेपत्ताका परिवारमा केही आशा पलाएको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी नेताले समेत फरक फरक भनाइ सार्वजनिक गर्ने गरेकाले पनि मगरको अवस्था रहस्यमय बनेको छ ।त्यस्तै रुचाल २०६० साल चैत ७ गते म्याग्दी आक्रमणमा सदरमुकाम बेनीबाट बेपत्ता भएको स्थानीय शान्ति समितिका पूर्व अध्यक्ष देवेन्द्र केसीले बताए ।

रुचाल भिडन्तमा मारिएको हुन सक्ने आशङ्का गरिएको छ तर पनि त्यसको पुष्टि अझै भएको छैन । तत्कालीन समयमा माओवादीका र बेवारिस शव कालीपुलस्थित पक्की पुलमा गाडिएको थियो । पुर्जा दोस्रो जनआन्दोलनमा बेनीबाट बेपत्ता भएका थिए राजनीतिक दलको आन्दोलनको दिन उनलाई गाउँलेले देखे पनि त्यसपछि कसैले देखेका छैनन् । जनआन्दोलनमा  राज्यपक्षबाट कसैलाई पनि नियन्त्रणमा लिएर राखेको देखिएको थिएन भने आन्दोलनमा समेत कोही पनि गम्भीररुपमा घाइते समेत भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’