२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने

२०७६, ११ बैशाख बुधबार १२:१८

वैशाख ११, काभ्रेपलाञ्चोक (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताउनुभएको छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२  कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले  विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै भन्नुभयो,“खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौँ, यस विषयलाई अब केही वर्षमै इतिहास बनाउनेछौँ ।” उहाँले शिक्षकमा गुणस्तर भए विद्यार्थी पनि गुणस्तरीय  उत्पादित हुन्छ, सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो आवश्यकता भइसक्यो ।’ 

प्रधानमन्त्री ओलीले निजी विद्यालयले गुणस्तरका नाममा चर्को शुल्क मात्रै लिएको बताउनुभयो । “चर्को शुल्क भएपछि शिक्षा राम्रो भन्ने आम मान्यता गलत छ”, उहाँले भन्नुभयो, “अब सामुदायिक शिक्षामा परिवर्तन जरुरी छ, यसका लागि सङ्घीय सरकारले यथाशक्य छिटो ध्यान दिनेछ ।” उहाँले प्रविधिको विकासँगै विकृत मानसिकतामा बदल्न सक्ने खतरा बढेकाले बालबालिकालाई मोबाइलबाट टाढा राख्न अभिभावकसँग अनुरोध गर्नुभयो । 

माथिको तश्वीरमा: काभ्रेपलाञ्चोकको धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनपश्चात भवनको अवलोकन गरी फर्कनु हुँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली । तस्वीर: पेमा लामा, रासस बनेपा ।

प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम तीव्रतापूर्वक अघि बढेकाले आउँदो एक वर्षभित्र पुरातात्विक महत्वका संरचनाबाहेक लगभग पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले  भन्नुभयो,“आज बिहानको भूकम्पले तिमीहरु भूकम्प जाने स्थानमा छौ, बलिया घर र संरचना बनाउनु भनेको छ, हामीले त्यस्तै बनाएका छौँ, बनाउँदैछौँ ।”

माथिको तश्वीरमा: काभ्रेपलाञ्चोकको धुलिखेलस्थित नमुना सञ्जीवनी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली । तस्वीर: पेमा लामा, रासस बनेपा ।

 सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई शैक्षिक विद्वान्हरुले सामुदायिक विद्यालयको शिक्षा अङ्गे्रजीकरण गर्न सुझाव दिइरहेकाले यसतर्फ सोचिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बलिया र राम्रा भवन बनायौँ, अव गुणस्तरका लागि नीतिगत सुधारको प्रक्रिया अघि बढ्छ ।” 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सात हजार ९२३  विद्यालयमध्ये तीन हजार ५८३ वटाको पुनःनिर्माण सकिएको जानकारी दिँदै पुनःनिर्माण भएका राम्रा र बलिया विद्यालयमा बालबालिका खुशीसाथ अध्ययन गरेको पाइएकामा खुशी व्यक्त गर्नुभयो । 

एडिबीका देशीय निर्देशक मुख्तार खामुद खानोबले निर्धारित समयमै गुणस्तरीय विद्यालय भवन निर्माण भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको पुनःनिर्माणमा हाम्रो सहयोगको सदुपयोग राम्रो भएको पाएका छौँ, हामी निकै खुशी भएका छौँ ।”  नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जूले सीमित सिटमा अध्ययनअध्यापन गराउनुपर्ने सञ्जीवनी माविको जस्तै शिक्षा प्रदान गर्न अन्य विद्यालयलाई आग्रह गर्नुभयो ।  सोही अवसरमा सम्झौतानुसार निर्माण सम्पन्न एडिबीको ऋण तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण भएको खोपासी–ढुङ्खर्क–च्याम्राङबेंसी–मिल्चे–बोराङ १५ दशमलव ५५ किमी सडक तथा तेलकोट–नगरकोट–भट्टेडाँडा सात दशमलव ७७ किमी सडकको प्रदेश नं ३ स्थित पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण