३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विशेष सम्पादकीय-नागरिकलाई सरिक गराउ

१० बैशाख २०७३, शुक्रबार ०३:२६

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा श्ुरु भएको सफा कुश्मा अभियानले २० औं हप्ता पार गरेको छ ।  देशका २८ भन्दा बढी जिल्लाले सरसफाइ अभियानको अनुसरण गरेका छन् ।

२० औं हप्तामा राष्ट्रिय कलाकारले पनि अभियानमा सहभागीता जनाए । अभियानमा चर्चित हास्य कलाकार मनोज गजुरेल, नेपालकै होचा व्यक्ति दिपेन शाह, नायिका जानुवि बोहोरा, जादुगर कलाकार महादेव त्रिपाठी, गायिका मिलन अमात्य, कलाकार सुरेन्द्र केसी र शिवशंर रिजाल लगायतको सहभागिता थियो । बातावरण संरक्षणमा हामी सवैको हातेमालो भन्दै उनिहरु पनि मुखमा माक्स, हातमा पन्जा र कुचो लिएर कुश्माबजार सरसफाईमा निस्किए तर अझै पनि कु्श्मा बजारबासीको आत्मादेखिनै अभियानमा सरिक हुन भने सकेका छैनन् ।

सधै सरकारी कार्यालयका प्रमुख, केहि संघसस्थाको प्रतिनिधि बाहेक अरु सहभागी नहुने अभियानमा २० औं हप्तामा भने फोटो खिचाउनकै लागि भएपनि केहि उपश्थीतिमा अलि बढिनै देखियो । प्रजिअ ढकाल कुचो लिएर हातमा पंन्जा र माक्स लगाएर चोकचोक र गल्लीगल्लीमा हिडेता पनि कुश्माबासी भने अmभै आत्मैदेखि सफा कुश्मा अभियानमा सरिक हुन भने सकेका छैनन् ।

“माग्नेलाइ माछा हैन बल्छी देउ” भनेजस्तो अब चोकचोका प्रजिअ ढकाल कुचो लिएर हिड्नुभन्दा पनि अब नागरीकमा सचेतना जगाउनुपर्ने आवश्यकता देखिन्छ । मैले नगरे कस्ले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? आज नगरे कहिले गर्ने ? जस्ता प्रश्नको बजारबासीलाई बोध गराउनु आवश्यक देखिन्छ । सधै अभियान दैलो अगाडी आएको  हेरेर मात्रै बस्ने नागरिकलाई उनीहरुको जिम्मेवारी र कर्तव्यबोध गराउन    सरोकारवाला निकाय चुक्नु हुदैन ।

प्रजिअ ढकाल सधैका लागि जिल्लामा बस्दैनन, ढकाल रहुन्जेल उनी अभियानलाइ निरन्तरता देलान् तर जब उनी अन्यत्र सरुवा हुन्छ तब जिल्लामा चलेको अभियान नचल्न पनि सक्छ । फेरी नयाँ आउने प्रजिअ ढकाल जस्तै गरी कुचो लिएर सडकमा नहिड्न पनि सक्छन् । त्यसैले प्रत्येक कुश्माबासीलाई अभियानमा सरिक बनाउनको लागि सरोकारवाला निकायले पहल गर्न सक्नुपर्छ ।

जून क्षेत्रको फोहोर संकलन गरिन्छ त्यो दिनमा त्यहि क्षेत्रका बासीलाई अभियानमा सरिक बनाउने नीति ल्याउनुपर्छ । उदाहरणको लागि शिवालयचोकको फोहोर उठाउने योजना छ भने त्यसक्षेत्रका वासीलाई अगाडी बढाउनुपर्छ, जूनजून क्षेत्र वा ठाउँमा अभियान जान्छ त्यसक्षेत्रका बासीलाई अभियानमा ल्याउने नीति ल्याउनुपर्छ ।

यदी यसो गर्दा पनि स्थानीय बजारबासी कुचो लिएर बाहिर निस्कदैनन भने उनीहरुलाई फोहोर उपहार दिनुपर्छ उनीहरुको घरअगाडी लगेर, तब मात्र उनीहरु अभियानमा सरिक हुन चाँसो राख्छन् । यदी यसरीनै अभियान अगाडी बढ्ने हो र नागरबासीलाई आफ्नो कर्तव्यको बोध नगराउने हो भने अभियानको सारर्थतामा प्रश्नचिन्ह रहिरहने छ । सफल या असफल ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’