२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विशेष सम्पादकीय-नागरिकलाई सरिक गराउ

२०७३, १० बैशाख शुक्रबार ०३:२६

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा श्ुरु भएको सफा कुश्मा अभियानले २० औं हप्ता पार गरेको छ ।  देशका २८ भन्दा बढी जिल्लाले सरसफाइ अभियानको अनुसरण गरेका छन् ।

२० औं हप्तामा राष्ट्रिय कलाकारले पनि अभियानमा सहभागीता जनाए । अभियानमा चर्चित हास्य कलाकार मनोज गजुरेल, नेपालकै होचा व्यक्ति दिपेन शाह, नायिका जानुवि बोहोरा, जादुगर कलाकार महादेव त्रिपाठी, गायिका मिलन अमात्य, कलाकार सुरेन्द्र केसी र शिवशंर रिजाल लगायतको सहभागिता थियो । बातावरण संरक्षणमा हामी सवैको हातेमालो भन्दै उनिहरु पनि मुखमा माक्स, हातमा पन्जा र कुचो लिएर कुश्माबजार सरसफाईमा निस्किए तर अझै पनि कु्श्मा बजारबासीको आत्मादेखिनै अभियानमा सरिक हुन भने सकेका छैनन् ।

सधै सरकारी कार्यालयका प्रमुख, केहि संघसस्थाको प्रतिनिधि बाहेक अरु सहभागी नहुने अभियानमा २० औं हप्तामा भने फोटो खिचाउनकै लागि भएपनि केहि उपश्थीतिमा अलि बढिनै देखियो । प्रजिअ ढकाल कुचो लिएर हातमा पंन्जा र माक्स लगाएर चोकचोक र गल्लीगल्लीमा हिडेता पनि कुश्माबासी भने अmभै आत्मैदेखि सफा कुश्मा अभियानमा सरिक हुन भने सकेका छैनन् ।

“माग्नेलाइ माछा हैन बल्छी देउ” भनेजस्तो अब चोकचोका प्रजिअ ढकाल कुचो लिएर हिड्नुभन्दा पनि अब नागरीकमा सचेतना जगाउनुपर्ने आवश्यकता देखिन्छ । मैले नगरे कस्ले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? आज नगरे कहिले गर्ने ? जस्ता प्रश्नको बजारबासीलाई बोध गराउनु आवश्यक देखिन्छ । सधै अभियान दैलो अगाडी आएको  हेरेर मात्रै बस्ने नागरिकलाई उनीहरुको जिम्मेवारी र कर्तव्यबोध गराउन    सरोकारवाला निकाय चुक्नु हुदैन ।

प्रजिअ ढकाल सधैका लागि जिल्लामा बस्दैनन, ढकाल रहुन्जेल उनी अभियानलाइ निरन्तरता देलान् तर जब उनी अन्यत्र सरुवा हुन्छ तब जिल्लामा चलेको अभियान नचल्न पनि सक्छ । फेरी नयाँ आउने प्रजिअ ढकाल जस्तै गरी कुचो लिएर सडकमा नहिड्न पनि सक्छन् । त्यसैले प्रत्येक कुश्माबासीलाई अभियानमा सरिक बनाउनको लागि सरोकारवाला निकायले पहल गर्न सक्नुपर्छ ।

जून क्षेत्रको फोहोर संकलन गरिन्छ त्यो दिनमा त्यहि क्षेत्रका बासीलाई अभियानमा सरिक बनाउने नीति ल्याउनुपर्छ । उदाहरणको लागि शिवालयचोकको फोहोर उठाउने योजना छ भने त्यसक्षेत्रका वासीलाई अगाडी बढाउनुपर्छ, जूनजून क्षेत्र वा ठाउँमा अभियान जान्छ त्यसक्षेत्रका बासीलाई अभियानमा ल्याउने नीति ल्याउनुपर्छ ।

यदी यसो गर्दा पनि स्थानीय बजारबासी कुचो लिएर बाहिर निस्कदैनन भने उनीहरुलाई फोहोर उपहार दिनुपर्छ उनीहरुको घरअगाडी लगेर, तब मात्र उनीहरु अभियानमा सरिक हुन चाँसो राख्छन् । यदी यसरीनै अभियान अगाडी बढ्ने हो र नागरबासीलाई आफ्नो कर्तव्यको बोध नगराउने हो भने अभियानको सारर्थतामा प्रश्नचिन्ह रहिरहने छ । सफल या असफल ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन