२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका ब्यूरो सचिव पक्राउ, यस्तो मुद्दा चलाइयो

१३ बैशाख २०७६, शुक्रबार १४:४१

बैशाख १३, धनगढी । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले आज धनगढीबाट पक्राउ गरेको छ ।

बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका शाहमाथि राजद्रोहमा मुद्दा चालाइएको छ ।

सरकारबाट प्रतिबन्द लगाइएपछि हालसम्म उक्त समूहका १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । 

पक्राउपर्नेमा विप्लव समूहका युथ रेडफोर्सका जिल्ला संयोजक रुपेश देवकर, जनसरकार प्रमुख अमर बम, जिल्ला सदस्य कैलाश भन्ने जगत आउजी, सचिवालय सदस्य ध्रुव सञ्ज्याल, किसान सङ्घका जिल्ला अध्यक्ष उदयराम थापा, पूर्वडिसिएम कृष्णबहादुर शाही छन् । 

यसैगरी हुम्ला घर भएका प्रदेश नं ७ का सैन्य कमाण्डर दानबहादुर फडेरा, सल्यान घर भएका अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष बन्धुकुमारी चन्द, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका अध्यक्ष पुष्पराज न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उक्त समूहका कार्यकर्ता इन्द्रबहादुर बम, सुरेन्द्र सुनार भन्ने बलबहादुर विसी र सीता देउकरलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य