२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: अनुसन्धानको बाटो भारततिर मोडियो !

२०७६, १४ बैशाख शनिबार १२:४९

बैशाख १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । २०७५ साउन १० गते हराएकी निर्मला भोलिपल्ट घर नजिकैको उखुबारीमा अर्धनग्न मृत फेला परेको थिइन् ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि वास्तविक दोषी पत्ता लगाउन नसकेपछि यतिबेला अनुसन्धानको सुई भारततिर सोझाएको छ ।

निर्मलाको घर नजिकका मान्छेहरु धेरैको संख्यामा भारत जाने भएकाले अनुसन्धान टोलीले त्यतातिर पनि शंका गरेको सीआईबीका प्रवक्ता (एसपी) सुदीप गिरीले बताए ।

‘बोर्डर नजिकै भएकाले त्यहाँका मान्छेलाई भारत जान सजिलो छ । धेरैको संख्यामा स्थानीयहरु भारत आउजाउ गर्ने गरेको पाइयो,’ एसपी गिरीले भने, ‘त्यहाँ अपराध गर्नेहरुका लागि भौगोलिक रुपमा भारत लाग्नु सुरक्षित क्षेत्र बन्न सक्ने आधार छ ।’

निर्मलाको घर नजिकैका केही मान्छेहरु घटना लगत्तै भारत गएको देखिएको पनि गिरीले बताए । 

एसपी गिरीका अनुसार पछिल्लो समय भारतबाट फर्किने करिब ६ सय जनासँग सोधपुछ गरिएको छ ।

यसअघि प्रहरीले लागुऔषध तथा दुव्र्यसनीमा परेका, पहिले अपराधिक क्रियाकलापमा संलग्न रहेका र निर्मलाको परिवारसँग रिसिईबी भएकाहरुमाथि अनुसन्धान गरेको थियो ।

राज्यले आफ्नो ठूलो मात्रमा जनशक्ति परिचालन गरेर पनि यत्रो समयसम्म हत्यारासम्म पुग्न नसकेपछि अहिले प्रहरीको अनुसन्धान भारत गएकाहरुतिर मोडिएको एसपी गिरीले संकेत गरे ।

एसपी गिरीका अनुसार प्रहरीले निर्मला घटनामा ४ दर्जनभन्दा बढीको डीएनए परीक्षण पनि गरिसकेको छ । सीआईबीको विशेष टोली कञ्चनपुरमै अनवरत रुपमा अनुसन्धानमा जुटेको छ ।

उक्त टोलीले प्रत्येक दिनको प्रगति विवरण सीआईबीको केन्द्रीय कार्यालयलाई दिने गरेको स्रोतले बताएको छ । 

यसअघि हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तीमा परिसकेका छन् ।

गृह मन्त्रलायका सहसचिव हरि मैनाली नेतृत्वको छानबिन समितिका क्रममा प्रहरीको कमजोरी देखिएपछि उनीहरू बर्खास्तीमा परेका हुन् । अन्य एक दर्जन प्रहरी निलम्बनमा परेका थिए ।

निलम्बनमा पर्ने प्रहरीमा सीआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठ्ठी, प्रहरी निरीक्षकहरू एकेन्द्र खड्का र गणेश सापकोटा लगायतका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस