2026-11-01 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँचथरमा ९ जनाको हत्याराले गरे आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान

जेठ ७, काठमाडौँ | पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको ९ जनाको हत्या गरेर हत्याराले आत्महत्या गरेको खुलेको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले साझा सबाललाई दिएको जानकारी अनुसार संदिघ्द व्यक्ति मिक्लाजुङ–८, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् ।’ घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया मोखिमकै थियो । 

अध्यक्ष माखिमका अनुसार ति झुन्डिएर आत्महत्या गर्ने व्यक्तिको कपडामा रगतका टाटाको साथै खुकुरी समेत फेला पारिएको छ  । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरेपछी मात्र थप जानकारी दिन सकिने उनले बताएका छन् । उनले ९ जनाको हत्या गरेर आफै आत्महत्या गरेको आशंका लागेको बताएका छन्  । झुन्डिएर आत्महत्या गर्ने व्यक्ति मान बहादुर माखिम रहेको उनले बताए । 

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारको ९ जनाको हत्या भएको थियो । उक्त घटनामा ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको थियो  । एक बालिका भने भाग्न सफल भएकी थिइन् ।

गाउँपालिका अध्यक्षका अनुसार सोमबार राति घटना भए पनि प्रहरी विहानमात्र घटनास्थल पुगेको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भने ‘मलाई पनि आज बिहान मात्र थाहा भएको हो । हामीले अहिले एक जना व्यक्तिले झुन्डिएर आत्महत्या गरेको देखेका छौं । यिनैले हत्या गरेर यहाँ आई आत्महत्या गरेको हुन सक्ने आशंका छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द