जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि"/>
2026-09-08 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पालुङटारमा हेलो मेयर

जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

  उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा अब नगरप्रमुखबाटै जानकारी लिनसक्नेछन् । त्यस्तै नगरपालिकासँग सम्बन्धित गुनासो र जिज्ञासा भएमा पनि कार्यक्रममार्फत नागरिकले जानकारी लिनसक्ने श्रेष्ठले बताउनुभयो । 

 “विकास निर्माणका सबै काममा नगरप्रमुखको ध्यान नपुग्न पनि सक्छ । नगरवासीको आवश्यकता के छ भन्ने कुराको जानकारी लिन नगरवासीले अब कार्यालय नै धाउनु पर्दैन”, नगरप्रमुख दीपकबाबु कँडेलले भन्नुभयो । नगरपालिकाका कमी कमजोरीबारेमा समेत अब चाहेमा सिधँै नगरप्रमुखलाई सोध्न वा खबरदारी गर्न पाइनेछ ।  

यो सेवामार्फत नगरपालिकाका लागि आवश्यक रचनात्मक सुझाव दिन सकिने व्यवस्था मिलाइएको नगरप्रमुख कँडेलको भनाइ थियो । गुनासो कर्ताले टोल फ्री नं १६६०६४४२००२ मार्फत गुनासो रेकर्ड गराउन सक्नेछन् । रेर्कड भएको गुनासो, सुझाव वा जिज्ञासाको नगरप्रमुखले बुझेर जानकारी गराउने व्यवस्था नगरपालिकाले गरेको छ । 

यसबाट नगरपालिकाभित्रका समस्या तत्कालै जानकारी लिन र दिनसक्ने तथा नागरिकले आफ्नो गुनासो, सुझाव र जानकारी सिधैँ नगरप्रमुखलाई नै गराउनसक्ने व्यवस्था भएको उहाँको भनाइ थियो । “नगरपालिकाभित्रका समस्यालाई तत्काल सम्बोधन गरी कार्यान्वयनमा जान यो सेवाले सहज हुने अपेक्षा गरेका छौ”, नगरप्रमुख कँडेलले भन्नुभयो । यसका लागि शुल्क तिर्नुपर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल