२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष बीच सहमति

२०७६, २१ असार शनिबार १६:२८

असार २१, धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच आज भएको वार्तामा सकारात्मक छलफल भएको प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बैठकपछि जानकारी दिनुभयो । 

प्रदेश सरकारले पेश गरेको आगामी आव २०७६/०७७ को बजेटप्रति प्रतिपक्षीले गरेको असन्तुष्टिका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनमा गतिरोध उत्पन्न भएको थियो ।  

बैठकमा सहभागी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठक सञ्चालनमा देखिएको गतिरोध अन्त्यका लागि प्रतिपक्षीसँग सरकारले गम्भीररुपमा वार्ता गरेकाले आइतबार बोलाइएको प्रदेशसभाको बैठक सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । सहमति के विषयमा भयो भन्नेबारेमा भने उहाँले खुलाउन चाहनुभएन ।  

प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले विधि, पद्धति मिचेर अपारदर्शी ढङ्गले कार्यकर्तामुखी बजेट ल्याइएको भन्दै गरेको असन्तुष्टिपछि यही असार १ गते ल्याइएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को बजेट, नीति कार्यक्रममाथिको छलफल शुरु हुन सकेको छैन । 

 यसअघि समस्या समाधानका लागि पटकपटक सत्तापक्ष र प्रतिपक्षीबीच भएका वार्ता निष्कर्षविहीन हुँदा बैठक सञ्चालन हुन सकेको थिएन । आज ४ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकको समय पनि दुईपटक सारिएको थियो । अर्को बैठक असार २२ गते बिहान ८ः३० बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो । 

बजेटप्रति सत्तापक्षकै कतिपय प्रदेशसभा सदस्य पनि सन्तुष्ट छैनन् । मन्त्रीहरुले आफूखुशी बजेट बाँडफाँट गर्दा समस्या भएको सत्तापक्षीय सदस्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस