Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिरोमा परी तीन जना बेपत्ता

By साझासवाल 1 मिनेट पढाइ

<p><b>असार २८, भोजपुर । </b>भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा_ तीन बेपत्ता भएका छन् ।</p><p>बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।</p><p>प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पहिरो पन्छाउन गाउँपालिकाबाट गएको स्काभेटर सडक बिग्रेका कारण पुग्न नसकेपछि फर्किएको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो ।</p>