२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

७ श्रावण २०७६, मंगलवार ०२:४१

साउन ७, नारायणगढ | मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।

नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नंको ट्रकमा ठक्कर खान पुगेको थियो । ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पैदलयात्री भरतपुर महानगरपालिका वडा नं १ बस्ने ५० वर्षीय ओमप्रसाद भुषाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट भुषाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक प्रहरी नियन्त्रणमा रहेका छन् भने ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ