२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुसाईट नोटमा शिक्षकको नाम लेखेर विद्यार्थीद्वारा आत्मह-त्या (सुसाइड नोट सहित)

१२ श्रावण २०७६, आईतवार १६:०२

भास्कर के.सी. | साउन १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरका एक विद्यार्थीले सुसाईट नोटमा शिक्षकको नाम लेखेर आत्मह-त्या गरेका छन् । महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका ३ भाँसीका १६ वर्षिय सुरज लेखकले शनिबार आफ्नै घरको पङखामा झुण्डिएर आत्मह-त्या गरेका थिए । 

मृतक सुरजले सुसाईट नोटमा ‘डेडी बहुत भयो, अब हजुरलाई अरु टेन्सेन दिन चाहदैन्, कलेजबाट आएको कम्प्लेनले हजुरलाई धेरै अपुष्ट गर्यो, र म पनि हजुरलाई टेन्टस दिएर बाँच्न सक्दैन् भन्ने आदि शब्दहरु लेख्नुका साथै  ‘सरी, डेड भन्दै उनले जय नागार्जुन बाबा आई क्युट’ भनी दायाँबायाँ ल्याप्चे औठाछाप  समेत लगाएका छन् । 

सुरज लेखक महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत छात्र हुन् । उनले ‘मर्नुको कारण’ लिटिल बुद्ध एकेडेमी प्लस टु कोडिनेटर हरिलाल जोशी भनेर उल्लेख गरेका छन् । उनी मृत भेटिएको स्थानमा हातले लेखेको सुसाईट नोट समेत भेटिएको हो । 

मृतक लेखकको शनिबार महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । उनको मृत्युसंगै घर परिवार र आफन्त, साथीभाई शोकमा डुबेका छन् । यसैविच मृतक लेखकका बाबु गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी बिरुद्ध ‘आत्मह-त्या दुरुत्साहन’ सम्बन्धी किटानी दिएका छन् । उनले आफ्नो समाजिक संजाल फेसबुकमा समेत ‘आई क्युट’ भनेर लेखेका थिए । 

शुक्रबार बिहान बजारमा समान ल्याउन जान्छु, भनेर साईकलमा आएका सुरज राजमार्ग क्षेत्रमा दुई साथी भेटिएपछि उनी साथीसंगै होटेल छिरेका थिए । होटेल पसेका विद्यार्थी बारे शिक्षक संयोजक हरिलाल जोशीले थाहा पाएपछि विद्यालय समयमै किन होटेल बसेको भन्दै शिक्षकले तीनै जना विद्यार्थीलाई विद्यालय ल्याइ तीनै जनाबाट लिखित तमसुक जस्तै बनाएर पठाएका थिए । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको बताए । 

प्रहरी प्रवक्ता बमले अनुसन्धान जारी रहेको बताए । यस्तै लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई सेवाबाट हटाएको छ । 

यस्तो छ सुसाइड नोट हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य