२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाकामा एक युवकले चलाएको गोली लागेर २० जनाको ज्यान गयो, २६ जना घाइते

२०७६, १९ श्रावण आईतवार ०६:३६

साउन १, एल पासो, टेक्सास, ९रासस-एपी । अमेरिकाको टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त गोलीकान्डमा अरु २६ जना सख्त घाइते भएका छन् । गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरु मलमा जम्मा भएका थिए ।

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए । 

एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वाल्मार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको बताउनुभयो । मेक्सिको सीमाबाट करिब ८ किलोमिटर भित्र उक्त वाल्मार्टको सपिङ मल रहेको थियो ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै स्थानीय अधिकारीहरुले गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस रहेको बताएका छन् । तर एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उनी अर्को अमेरिकी राज्य डल्लासबाट त्यहाँ आएको बताइएको छ ।

प्रहरीका अनुसार वाल्मार्टभित्र रहेका व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । प्रहरी प्रमुख अलेनले भन्नुभयो,  “यहाँको दृश्य अति नै भयावह छ ।” उहाँले गोली लागेका अरु २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको जानकारी दिनुभयो । 

प्रहरीले घाइतेहरुका लागि रगतको अभाव रहेको सूचना सार्वजनिक गर्नु परेको थियो । प्रहरी र सेनाले तनाबमा रहेका नागरिकलाई सान्त्वना दिन प्रयास गरेका थिए ।

“अहिले यहाँको वातावरण आतंकित गर्ने किसिमको छ,” सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले बताउनुभयो । वाल्मार्टको महिलाको लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँग रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भन्नुभयो, “निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौं कुनै निर्माणको कार्य भइरहेको थियो ।”

उहाँका १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुबै जना भुइँमा सुतेका थिए । त्यसपछि उनीहरु दुबै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भन्नुभयो, भाग्यवश दुबै जना सकुशल बाहिर निस्किए ।

उहाँले कालो कपडा लगाएका चार व्यक्तिले जथाभावी गोली चलाएको बताउनुभयो । तर प्रहरीले घटनामा एक व्यक्ति मात्र रहेको बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भगवान तपाइँहरुको साथमा हुनुहुन्छ भन्नुभएको छ । 

घटनाप्रति डेमोक्र्याट पार्टीका सबैजसो नेताहरुले एल पासो गोलीकान्ड अमेरिकी इतिहासकै कालोधब्बा भन्दै अमेरिकी बन्दुक कानुनमा तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् । 

एल पासोका मेयर डी मार्गोले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । संदिग्ध व्यक्ति क्रुसियसले फेसबुकमा लेखेको भनिएको सन्देशको पनि छानबिन भइरहेको मेयर मार्गोले जानकारी दिनुभयो । उक्त सन्देशमा हिस्पानिक समुदायका व्यक्तिहरु अमेरिकामा ठूलो संख्यामा आप्रवासीका रुपमा प्रवेश गरेकोप्रति रोष प्रकट गरिएको छ ।

सन्देशमा हिस्पानिक समुदायका कारण आगामी राष्ट्रपतीय चुनावमा टेक्सास राज्य डेमोक्र्याट पार्टीको पोल्टामा पुग्ने पनि जनाइएको छ ।

सन् २००६ यता ११ पटक ठूलो जनसमुदायमाथि बन्दुक आक्रमण भएको छ । यी घटनामा संलग्न व्यक्तिहरु प्रायः २१ वर्षको हाराहारीका रहेका छन् ।

सन् २०१९ मा मात्र भिडभाड स्थलमा भएका आक्रमणबाट ९६ जनाको ज्यान गइसकेको छ । 

एक साताभित्रै अमेरिकामा भएको यो दोस्रो गोलीकान्ड हो । यसै साता गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प