२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना पूर्व सहकर्मी मृत भेटिएको खबरसँगै पत्रकार लामिछानेद्वारा श्रद्धाञ्जली

२१ श्रावण २०७६, मंगलवार ०४:४०

साउन २१, काठमाडौँ | माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । 

सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका पुडासैनी झुन्डिएको अवस्थामा भेटिएका थिए । होटलमा खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी होटलको कोठाभीत्र पंखामा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । 

पत्रकार रवि लामिछानेद्वारा श्रद्धाञ्जली

डेढ महिना अघि मात्र न्युज २४ छोडेका पुडासैनी मृत भेटिएको खबर पुष्टि भएसँगै पत्रकार रवि लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार रवि लामिछानेले सामाजिक संजाल मार्फत एक स्टाटस लेख्दै आफ्नो पुर्व सहकर्मीको मृत्युको खबरले स्तब्ध भएको कुरा व्यक्त गरेका छन् । उनले स्टाटसमा लेखेका छन् 'मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलान् । छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ ।' 

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनि माउन्टेन टेलिभिजनको प्रख्यात कार्यक्रम मिसन न्यूज कार्यक्रम चलाउँदै आएका पत्रकार हुन् । डेढ महिना अघि मात्र न्यूज–२४ छाडेका पुडासैनीलाई नजिकबाट चिन्नेहरुले निकै निडर र आफ्नो पेशाप्रति इमान्दार पत्रकारको रुपमा बुझेका छन् । उनको मृत्युको खबरसँगै पत्याउनै नसकिने घटना भएको भन्दै सामाजिक संजालमा टिप्पणीहरु गरिएका छन् । 

अहिले घटना स्थलमा पत्रकार पुडासैनीका आफन्तहरु पुगिसकेका छन् भने केहि आफन्तहरु बीच बाटोमै रहेको जानकारी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ