2026-10-22 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना पूर्व सहकर्मी मृत भेटिएको खबरसँगै पत्रकार लामिछानेद्वारा श्रद्धाञ्जली

साउन २१, काठमाडौँ | माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । 

सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका पुडासैनी झुन्डिएको अवस्थामा भेटिएका थिए । होटलमा खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी होटलको कोठाभीत्र पंखामा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । 

पत्रकार रवि लामिछानेद्वारा श्रद्धाञ्जली

डेढ महिना अघि मात्र न्युज २४ छोडेका पुडासैनी मृत भेटिएको खबर पुष्टि भएसँगै पत्रकार रवि लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार रवि लामिछानेले सामाजिक संजाल मार्फत एक स्टाटस लेख्दै आफ्नो पुर्व सहकर्मीको मृत्युको खबरले स्तब्ध भएको कुरा व्यक्त गरेका छन् । उनले स्टाटसमा लेखेका छन् ‘मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलान् । छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ ।’ 

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनि माउन्टेन टेलिभिजनको प्रख्यात कार्यक्रम मिसन न्यूज कार्यक्रम चलाउँदै आएका पत्रकार हुन् । डेढ महिना अघि मात्र न्यूज–२४ छाडेका पुडासैनीलाई नजिकबाट चिन्नेहरुले निकै निडर र आफ्नो पेशाप्रति इमान्दार पत्रकारको रुपमा बुझेका छन् । उनको मृत्युको खबरसँगै पत्याउनै नसकिने घटना भएको भन्दै सामाजिक संजालमा टिप्पणीहरु गरिएका छन् । 

अहिले घटना स्थलमा पत्रकार पुडासैनीका आफन्तहरु पुगिसकेका छन् भने केहि आफन्तहरु बीच बाटोमै रहेको जानकारी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ