2026-09-01 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना पूर्व सहकर्मी मृत भेटिएको खबरसँगै पत्रकार लामिछानेद्वारा श्रद्धाञ्जली

साउन २१, काठमाडौँ | माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । 

सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका पुडासैनी झुन्डिएको अवस्थामा भेटिएका थिए । होटलमा खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी होटलको कोठाभीत्र पंखामा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । 

पत्रकार रवि लामिछानेद्वारा श्रद्धाञ्जली

डेढ महिना अघि मात्र न्युज २४ छोडेका पुडासैनी मृत भेटिएको खबर पुष्टि भएसँगै पत्रकार रवि लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार रवि लामिछानेले सामाजिक संजाल मार्फत एक स्टाटस लेख्दै आफ्नो पुर्व सहकर्मीको मृत्युको खबरले स्तब्ध भएको कुरा व्यक्त गरेका छन् । उनले स्टाटसमा लेखेका छन् ‘मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलान् । छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ ।’ 

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनि माउन्टेन टेलिभिजनको प्रख्यात कार्यक्रम मिसन न्यूज कार्यक्रम चलाउँदै आएका पत्रकार हुन् । डेढ महिना अघि मात्र न्यूज–२४ छाडेका पुडासैनीलाई नजिकबाट चिन्नेहरुले निकै निडर र आफ्नो पेशाप्रति इमान्दार पत्रकारको रुपमा बुझेका छन् । उनको मृत्युको खबरसँगै पत्याउनै नसकिने घटना भएको भन्दै सामाजिक संजालमा टिप्पणीहरु गरिएका छन् । 

अहिले घटना स्थलमा पत्रकार पुडासैनीका आफन्तहरु पुगिसकेका छन् भने केहि आफन्तहरु बीच बाटोमै रहेको जानकारी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला