२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश वर्षपछि सकियो काबेली करिडोर

२०७६, २१ श्रावण मंगलवार १५:०९

 साउन २१, काठमाडौँ  । विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

प्रसारण लाइन समयमै सम्पन्न नहुने हो कि भन्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा उद्यमीको चासो र चिन्ताका बीच ठूलो मेहनतपछि आयोजना सम्पन्न भएको हो । 

पाँचथर र ताप्लेजुङ जिल्ला भएर बहने काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि उक्त प्रसारण लाइन आवश्यक र महत्वपूर्ण छ । कूल १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्वाञ्चलमा निर्माण हुने आयोजनाको विद्युत्् राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि सहयोगी हुनेछ । 

आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारदेखि सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण सकिएको छ । तेस्रो खण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको हो । 

आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो । लखनपुर,  गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सवस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । 

ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटोमा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले समस्यामा परेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । 

रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो । ‘राइट अफ वे’को समस्या सुल्झाउन व्यक्तिगत रुपमा प्रभावितको घरघरमा गएर पनि सम्झाउने प्रयास गरेको स्मरण गर्नुहुन्छ घिसिङ । 

“स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौँ, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत्् आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत्् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ”, उहाँले भन्नुभयो ।  

निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत्् आयोजनाको विद्युत्् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीको व्यापारिक उत्पादन शुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । प्रवद्र्धकले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी विद्युत् जोड्नुपर्नेछ । 

आर्थिक वर्ष २०६३/६४मा शुरु भएको आयोजना निर्माणका लागि ज्यागुअर ओभरसिज एण्ड एष्टर जेभी सँग २०६८ साल भदौ २३ गते ठेक्का सम्झौता भएको थियो । कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बंैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । 

ड्रोनको प्रयोग

आयोजनाका अनुसार तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २.२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा ४०० हाराहारीमा रुख काट्नु पर्ने थियो । त्यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देखिएपछि ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तानेको उहाँको भनाइ छ । 

प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ । 

यस खण्डस्थित अमरपुर सवस्टेशनमा विद्युत् जोडिने २५ मेगावाटको काबेली बी १ को प्रवद्र्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलमेन्ट कम्पनी लाइन चार्ज भएको आज जानकारी दिएको हो ।

“आयोजनाबाट उत्पादित विद्युत्् अरपुर सवस्टेशनमार्फत राष्ट्रिय ग्रीडमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौँ”, आयोजना प्रमुख द्विवेदीले भन्नुभयो । यस्तै कूल ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत् पनि सोही सवस्टेशनमा जोडिने छ ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत्् आयोजना जोडिसकेका छन् । पहिलो खण्डमा करीब ८४ मेगावाट विद्युत् यसअघि नै जोडिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने