२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्ती किनारका बासिन्दा जोखिममा

२५ श्रावण २०७६, शनिबार ०६:०८

साउन २५, बाँके  । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । 

नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया र फत्तेपुरवासीले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए । तटबन्ध नहुँदा बाढीले बर्सेनी खेतीयोग्य जमीन कटान गरिरहेको छ ।

बर्सेनी तटबन्ध बन्ने र भत्किने क्रम जारी छ । करोडौँ लगानी भयो । अहिलेसम्म न गाउँ जोगियो न खेतीयोग्य जमीन । यसअघि होलियाको टेपरी, चौफेरी र फत्तेपुरलगायत गाउँका बासिन्दा विस्थापित भएका थिए । 

हाल जनताको तटबन्ध कार्यक्रमले राप्ती किनारमा तटबन्ध निर्माण गरिरहेको छ । करीब रु एक अर्बको लागतमा राप्तीको कटान र डुबानको जोखिममा रहेका होलिया र फत्तेपुरमा १३ किलोमिटर पक्की तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण भइरहेका आठ प्याकेजमध्ये चार प्याकेजको काम  सम्पन्न भएको छ ।

बाँकी ११ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम करीब ७५ प्रतिशत पूरा भइसकेको छ । तटबन्ध निर्माण गरेको ठाउँमा डरत्रास हटेको फत्तेपुरका दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । 

राप्ती किनारका बस्तीलाई बाढी तथा डुबानबाट पूर्णरुपमा सुरक्षित बनाउन नदीको दुवैतर्फ करीब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नेपालगन्जका इञ्जिनीयर हरिश पन्तका अनुसार तटबन्ध निर्माणको काम तिव्रताका साथ भइरहेको छ ।

बाढीबाट हालसम्म एक हजार १२२ घर पूर्णरुपमा तथा १५ हजार ७३७ घर आंशिकरुपमा क्षति हुँदा करिब ८० हजार बासिन्दा प्रभावित भएका थिए । दक्षिण–पूर्वमा पर्ने मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करीब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान गर्नुका साथै बालुवा खेतमा भरिएपछि सयौँ किसान भूमिहीन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा