२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गरिने

२६ श्रावण २०७६, आईतवार १६:००

साउन २६, काठमाडौँ । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गरेर काम गर्ने विषयमा सहमति भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालगायतले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक डेडिकेटेड प्रसारण लाइन निर्माणका क्रममा देखिएका समस्या निरुपण गर्ने उपायको खोजी गर्ने लक्ष्यका साथ छलफल भएको हो ।

छलफलमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिने सम्पूर्ण काम प्राधिकरणले तत्काल शुरु गर्ने, सडक विभागका तर्फबाट गर्नुपर्ने काम पनि तत्कालै शुरु गर्ने र त्यसमा नागरिक उड्डयन प्राधिकरणले आवश्यक सहजीकरण गर्ने विषयमा सहमति भएको ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

छलफलमा मन्त्री पुनले विकासमैत्री भएर काम गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन दिनुभयो  । “कतिपय निकाय विकासमैत्री हुन नसक्दा समस्या देखिएको छ ।

राष्ट्रिय गौरवका आयोजना अगाडि बढिरहेको छ । सबै निकायले आ–आफ्नो जिम्मेवाराी समयमै पूरा गरून् भन्ने मेरो अपेक्षा छ”, मन्त्री पुनले भन्नुभयो ।

 यस्तै सो अवसरमा पर्यटनमन्त्री भट्टराईले  विमानस्थल निर्माणका क्रममा देखिएका समस्या तथा विद्युत् सेवाका लागि गर्नुपर्ने काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय डा सञ्जय शर्मा, दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की