२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा दुई महिलाको शव फेला

२६ श्रावण २०७६, आईतवार १६:२२

साउन २६, भरतपुर । चितवनमा दुई महिलाको शव भेटिएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिका–१६ की ३१ वर्षीया कृष्णमाया तामाङको शव आज फेला परेको हो । 

माछा मार्ने क्रममा साउन २२ गते नदीमा बेपत्ता भएकी तामाङको शव सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा आज अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको छ । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सुरक्षा मजबुद बनाउन सिसी क्यामरा

शान्ति सुरक्षालाई थप मजबुद बनाउन चितवनको विभिन्न स्थानमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान गर्ने प्रक्रिया थालिएको छ ।

जिल्लाको बजारक्षेत्रमा यसअघि ४१ सिसी क्यामरा जडान गरिए पनि आर्थिक समस्याका कारण सञ्चालनमा समस्या हुँदै आएका बेला विभिन्न क्षेत्रमा सयाँै सिसी क्यामरा थप्न लागिएको हो ।

पुरानो क्यामरामा नयाँ थप गरेर २८५ वटा सिसी क्यामरा सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामरा जडानका लागि सर्वेक्षणको काम सकिएको छ । क्यामरा जोड्न रु ९० लाखभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यसमा ७५ प्रतिशत गृह मन्त्रालय र बाँकी २५ प्रतिशत रकम स्थानीय निकायसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।

यसपटक भरतपुर महानगरपालिकाको ९१ स्थानमा १६०, रत्ननगर नगरपालिकाको १० स्थानमा १५, कालिका नगरपालिकाको आठ स्थानमा १२, खैरहनी नगरपालिकाको छ स्थानमा आठ, माडी नगरपालिकाको सात स्थानमा १४ र इच्छाकामना गाउँपालिकाको नौ स्थानमा १७  वटा सिसी क्यामरा राख्ने ठाउँको पहिचान भइसकेको जनाइएको छ ।

जडान गर्न लागिएको सिसी क्यामरा सामान्य, घुम्ने र उच्च प्रविधिको खालका छन् । प्रहरी उपरीक्षक मल्लका अनुसार सिसी टिभी निगरानी कक्षा स्थानीय तहको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहनेछ । यसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय चितवनले गर्ने छ । 

जिल्लामा यसअघि जडान गरेको ४१ मध्य पाँच वटा मात्रै सञ्चालनमा छ । बिग्रिएका क्यामराको मर्मत गर्ने काम शुरु भइसकेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो । सिसी क्यामरा जडान गरेपछि जिल्लामा हुने दुर्घटनाको कारण पत्ता लगाउन, भागेको सवारीसाधन नियन्त्रण गर्न र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सहयोगी हुनेछ । क्यामरा सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह र व्यावसायिक संस्थाको सहकार्यमा मर्मत गर्ने सहमति पनि भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ