२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा दुई महिलाको शव फेला

२०७६, २६ श्रावण आईतवार १६:२२

साउन २६, भरतपुर । चितवनमा दुई महिलाको शव भेटिएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिका–१६ की ३१ वर्षीया कृष्णमाया तामाङको शव आज फेला परेको हो । 

माछा मार्ने क्रममा साउन २२ गते नदीमा बेपत्ता भएकी तामाङको शव सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा आज अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको छ । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सुरक्षा मजबुद बनाउन सिसी क्यामरा

शान्ति सुरक्षालाई थप मजबुद बनाउन चितवनको विभिन्न स्थानमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान गर्ने प्रक्रिया थालिएको छ ।

जिल्लाको बजारक्षेत्रमा यसअघि ४१ सिसी क्यामरा जडान गरिए पनि आर्थिक समस्याका कारण सञ्चालनमा समस्या हुँदै आएका बेला विभिन्न क्षेत्रमा सयाँै सिसी क्यामरा थप्न लागिएको हो ।

पुरानो क्यामरामा नयाँ थप गरेर २८५ वटा सिसी क्यामरा सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामरा जडानका लागि सर्वेक्षणको काम सकिएको छ । क्यामरा जोड्न रु ९० लाखभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यसमा ७५ प्रतिशत गृह मन्त्रालय र बाँकी २५ प्रतिशत रकम स्थानीय निकायसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।

यसपटक भरतपुर महानगरपालिकाको ९१ स्थानमा १६०, रत्ननगर नगरपालिकाको १० स्थानमा १५, कालिका नगरपालिकाको आठ स्थानमा १२, खैरहनी नगरपालिकाको छ स्थानमा आठ, माडी नगरपालिकाको सात स्थानमा १४ र इच्छाकामना गाउँपालिकाको नौ स्थानमा १७  वटा सिसी क्यामरा राख्ने ठाउँको पहिचान भइसकेको जनाइएको छ ।

जडान गर्न लागिएको सिसी क्यामरा सामान्य, घुम्ने र उच्च प्रविधिको खालका छन् । प्रहरी उपरीक्षक मल्लका अनुसार सिसी टिभी निगरानी कक्षा स्थानीय तहको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहनेछ । यसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय चितवनले गर्ने छ । 

जिल्लामा यसअघि जडान गरेको ४१ मध्य पाँच वटा मात्रै सञ्चालनमा छ । बिग्रिएका क्यामराको मर्मत गर्ने काम शुरु भइसकेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो । सिसी क्यामरा जडान गरेपछि जिल्लामा हुने दुर्घटनाको कारण पत्ता लगाउन, भागेको सवारीसाधन नियन्त्रण गर्न र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सहयोगी हुनेछ । क्यामरा सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह र व्यावसायिक संस्थाको सहकार्यमा मर्मत गर्ने सहमति पनि भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन