२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहलाई चन्दा नदिन आग्रह

२०७६, २७ श्रावण सोमबार १०:४५

साउन २७, परासी । प्रदेश नं. ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग  आग्रह गर्नुभएको छ ।

उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उहाँले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गर्नुभएको हो । प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन ? राज्यभन्दा ऊ ठूलो भयो ? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपार्इं हामी सचेत हुन जरुरी छ ।”

उद्योग व्यवसायको सुरक्षा गर्न नेपाल प्रहरी तत्पर रहेको उल्लेख गर्दै उहाँले मर्यादामा रहेर पेशा सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो । उद्योग वाणिज्य सङ्घ नवलपरासीले आज परासीमा आयोजना गरेको औद्योगिक सुरक्षासम्बन्धी छलफलमा प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “उद्योग व्यवसाय भनेको राज्यको मेरुदण्ड हो, तपाईंहरु सबल सक्षम रहे मात्र राष्ट्रको उन्नति हुन्छ, हामी सधैँ सुरक्षा दिन तत्पर छौँ ।”

सशस्त्र प्रहरी प्रदेश नं ५ का प्रमुख  सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले खुल्ला सिमानाबाट हुने चोरी–तस्करी तथा अपराध नियन्त्रणमा निरन्तर लागिरहेको बताउनुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रकमको बार्गेनिङ गरेर चोरी–तस्करी मौलाएको भन्ने व्यवसायीको जिज्ञासामा उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाईदै आएकाले  कुनै प्रहरी कर्मचारीले त्यस्तो गरेको पाएमा खबर गर्न पनि आग्रह गर्नुभयो । उहाँले औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरी प्रतिबद्ध छ भन्नुभयो । 

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले खुला सिमानाका कारण हुने चोरी, तस्करी तथा अपराध नियन्त्रण हुन नसके औद्योगिक वातावरण नबन्ने भएकाले त्यस्ता समस्या न्यूनीकरण गर्न हामी पनि हातेमालो गर्न तयार छौँ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन