२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहलाई चन्दा नदिन आग्रह

२७ श्रावण २०७६, सोमबार १०:४५

साउन २७, परासी । प्रदेश नं. ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग  आग्रह गर्नुभएको छ ।

उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उहाँले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गर्नुभएको हो । प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन ? राज्यभन्दा ऊ ठूलो भयो ? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपार्इं हामी सचेत हुन जरुरी छ ।”

उद्योग व्यवसायको सुरक्षा गर्न नेपाल प्रहरी तत्पर रहेको उल्लेख गर्दै उहाँले मर्यादामा रहेर पेशा सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो । उद्योग वाणिज्य सङ्घ नवलपरासीले आज परासीमा आयोजना गरेको औद्योगिक सुरक्षासम्बन्धी छलफलमा प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “उद्योग व्यवसाय भनेको राज्यको मेरुदण्ड हो, तपाईंहरु सबल सक्षम रहे मात्र राष्ट्रको उन्नति हुन्छ, हामी सधैँ सुरक्षा दिन तत्पर छौँ ।”

सशस्त्र प्रहरी प्रदेश नं ५ का प्रमुख  सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले खुल्ला सिमानाबाट हुने चोरी–तस्करी तथा अपराध नियन्त्रणमा निरन्तर लागिरहेको बताउनुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रकमको बार्गेनिङ गरेर चोरी–तस्करी मौलाएको भन्ने व्यवसायीको जिज्ञासामा उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाईदै आएकाले  कुनै प्रहरी कर्मचारीले त्यस्तो गरेको पाएमा खबर गर्न पनि आग्रह गर्नुभयो । उहाँले औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरी प्रतिबद्ध छ भन्नुभयो । 

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले खुला सिमानाका कारण हुने चोरी, तस्करी तथा अपराध नियन्त्रण हुन नसके औद्योगिक वातावरण नबन्ने भएकाले त्यस्ता समस्या न्यूनीकरण गर्न हामी पनि हातेमालो गर्न तयार छौँ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान