२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा बाढीले दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

२०७६, २७ श्रावण सोमबार १६:११

साउन २७, नयाँ दिल्ली, (रासस/एएफपी)  । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ । 

सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् । 

देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो । 

“यहाँ कम्तीमा ७६ जनाको मृत्यु भएको छ, ५८ जना अझै हराइरहेका छन् भने ३२ जनालाई घाइते अवस्थामा भेटेर उद्धार गरिएको छ,” केरलाका प्रहरी प्रवक्ता प्रमोद कुमारले एएफपीसँग भन्नुभयो ।   

पछिल्लो विवरण अनुसार यस राज्यका मात्रै झण्डै दुई लाख ८८ हजार जना नराम्रोसँग प्रभावित भएको उहाँले बताउनुभयो । केरला राज्यका वायानाद, मालापुरम र कोझीकोडका बासिन्दालाई शिविरमा राखिएको पनि उहाँले जानकारी दिनुभयो । 

छिमेकी कर्नाटक राज्यमा कम्तीमा ४२ जनाको मृत्यु भएको विवरण प्रहरीले दिएको छ । यो तथ्याङ्क पछिल्लो समयको सवै भन्दा नराम्रो भएको अधिकारीहरुले जनाएका छन् ।

“हाम्रो राज्यबाट ५ लाख ८० हजार भन्दा बढी विस्थापित भएका छन्,” कर्नाटक राज्य सरकारका एक उच्च अधिकारीले एएफपीसँग भने ।  

बाढीका कारण धेरै राजमार्ग र अन्य बाटोहरुमा क्षति भएकाले सवारी साधन चल्न नसकेको समाचारमा जनाइएको छ । 

भारतीय सञ्चार माध्यमहरुले अरु ६६ जनाको पनि बाढीका कारण मृत्यु भएको जनाएका छन् । उनीहरुको महाराष्ट्र र गुजरातमा मृत्यु भएको र अरु दशौँ हजार जना विस्थापित भएको अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन