२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुरले टोकेको नभन्दा ज्यान गयो

२०७६, ३० श्रावण बिहीबार ०१:४८

साउन ३०, ललितपुर। कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। त्यहीबेला उनलाई कुकुरले टोकेको थियो। तर उनले यो कुरा कसैलाई बताइनन्।

कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। साउनसम्म कुनै समस्या देखिएन। साउन १४ गते उनलाई महिनावारी भयो। महिनावारीको समयमा ढाड दुखेके बताएकी थिइन्। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो।

गेलालका अनुसार दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो। बाटोमा गाडीको सिसाबाट हावा छिर्दा डराउन थालिन्।

बाथरुममा पानी खोल्दा पनि डराउन थालिन्। गेलालले भने, ‘रेबिजका बिरामीमा वाटरफोयिबा, एरोफोबियाको समस्या हुन्छ। उनीहरू पानी र हावाबाट डराउँछन्।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन