साउन ३२, काठमाण्डौ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । उहाँको आज बिहान डल्लुमा रहेको आफ्नै घरमा निधन भएको हो । केही समयदेखि उहाँ दम रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
२००३ सालमा काठमाण्डौको असनमा जन्मनुभएकी अधिकारीले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । ६ वर्षको उमेरमा उहाँले नेवारी नाटक ‘कचिमचा’ अर्थात् ‘काँचो माटो’ बाट अभिनय यात्राको सुरुवात गर्नुभएको थियो ।
उहाँले अभिनय गरेका चर्चित चलचित्रहरुमा कन्यादान, चिनो, भाउजूलगायत छन् । खासगरी उहाँले ‘कन्यादान’ निभाएको भूमिकाका लागि धेरैले सम्झन्छन् ।
शनिबार दिउँसो १ बजेपछि उहाँलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिने र आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!