सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सह"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

२०७६, ३२ श्रावण शनिबार १५:३५

साउन ३२, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ ।


सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भूरेलीगाउँ निवासी १८ वर्षीय युवक जीवन रोकायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कुमाईचोकस्थित भे९प ३७४ नंको स्कुटी चालक रोकायसँग सवारी चालक अनुमतिपत्र मागिएको थियो ।

 युवक रोकायले सवारी चालक अनुमतिपत्र नभएको कारण देखाउँदै प्रहरी सहायक निरीक्षक विकलाई आज अपराह्न ५ः०० बजे रु ५०० घुस दिएका थिए । सोही घुस दिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन