२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दिन भारी वर्षाको सम्भावना

२०७६, ३ भाद्र मंगलवार १०:५०

भदौ ३, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । 

हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध गरेको हो । 

जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि मानिन्छ । यस समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद मञ्जु बासीले बताउनुभयो । उक्त ट्रफ नजिक परेको बेला वर्षा निरन्तर भइरहन्छ । तर यस वर्ष नेपालमा सो मनसुनी ट्रफ जुलाई १३ मा एक पटक मात्र नेपाल नजिक आइपुगेको थियो । 

त्यसको प्रभावले काठमाडौँ उपत्यकामा यस वर्ष मनसुन शुरु भएपछि सबैभन्दा धेरै वर्षा जुलाई १३ अथोत् असार २८ मा १०४ मिलिलिटर भएको थियो । यो मनसुन शुरु भएपछिको सबैभन्दा बढी वर्षा हो । ५० देखि १०० मिलिमिटर सम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्नै गरेको मौसमविद्को भनाइ छ । 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गदैँ देशको पूर्वी तथा मध्यपहाडी  भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।  चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासको बस्तीलाई सर्तक रहन तथा सडक यातायातमा पहिरो भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ । 

राति देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि देशका धेरै स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको पहाडी भूभागको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन