२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निकिता मार्फत रविले भने ‘प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखायो’

२०७६, ४ भाद्र बुधबार १७:०१

भदौ ४, चितवन | शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएको निकिताको फेसबुक मार्फत सार्वजनिक भएको छ । 

बुधबार साँझ रविकि श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् लामिछानेले लेखेको स्टाटसमा रविले असुरक्षित रहेको बताएका हुन् । तर निकिताले अपडेट गरेको उक्त स्टाटस केहीबेरमा निकिताको वालबाट हटाइएको छ । निकैताले स्टाटस हटाए पनि उक्त स्टाटस कयौं फेसबुकबाट सार्वजनिक भएका छन् । 

स्टाटसमा उल्लेख भए अनुसार रविले निकिता मार्फत भनेका छन् 'प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि-कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।' 

शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन् । तर प्रहरीले सो उजुरी दर्ता गरेको छैन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण