2026-09-01 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निकिता मार्फत रविले भने ‘प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखायो’

भदौ ४, चितवन | शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएको निकिताको फेसबुक मार्फत सार्वजनिक भएको छ । 

बुधबार साँझ रविकि श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् लामिछानेले लेखेको स्टाटसमा रविले असुरक्षित रहेको बताएका हुन् । तर निकिताले अपडेट गरेको उक्त स्टाटस केहीबेरमा निकिताको वालबाट हटाइएको छ । निकैताले स्टाटस हटाए पनि उक्त स्टाटस कयौं फेसबुकबाट सार्वजनिक भएका छन् । 

स्टाटसमा उल्लेख भए अनुसार रविले निकिता मार्फत भनेका छन् ‘प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि-कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।’ 

शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन् । तर प्रहरीले सो उजुरी दर्ता गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला