२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

५ भाद्र २०७६, बिहीबार ०२:१९

भदौ ५, रसुवा । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ । 

स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उहाँले बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङबाट आयात भएको रेडिमेट मालवस्तु लिई काठमाडाँैतर्फ जाने क्रममा ना२ख ३८१६ नंको डिब्बा गोसाइँकुण्ड गाउँपालिका–५ को १२ धुम्ती पुछार राजमार्गको बीच भागमा ब्रेकफेल भई दुर्घटना भएको थियो । 

राजमार्ग खुला भएलगत्तै रोकिएका दर्जनाँै सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ । राजमार्ग खोल्न मद्दतका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान