२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति

२०७६, ६ भाद्र शुक्रबार ११:२७

भदौ ६, हेटौँडा । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ । ६० वर्षअघि निर्माण प्रारम्भ भएको लोकपथ निर्माणको काम बर्सातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने भएको छ

हालसम्म सडकको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर कालोपत्र भइसकेको छ ।  असार र साउन महीनामा आएको वर्षासँगै कान्तिलोकपथको निर्माण चालू आवमा पनि नसकिने भएको छ ।

दशैँसम्म ठूला सवारी चलाउने लक्ष्य लिइए पनि वर्षाका कारण क्षति पुगेपछि त्यो लक्ष्य पूरा नहुने निश्चित भएको कान्तिलोकपथ आयोजनाका प्रमुख विनोद सापकोटाले बताउनुभयो । उहाँका अनुसार चालू आव ०७६÷७७ मा यो सडकमा कठिन चट्टाने पहिरो रहेकाले पाँच किलोमिटरबाहेक सबै खण्डमा कालोपत्र सकिनेछ । बाँकी पाँच किलोमिटर खण्डमा पनि सहज खालको ट्र्याक बनाएर अर्को आर्थिक वर्षमा आयोजनाको काम टुङ्ग्याइने उहाँले राससलाई बताउनुभयो ।

गत आवमा नै सम्पन्न गर्ने उद्देश्य रहेको भए पनि बर्सातको कारण सडकमा ठूलो क्षति भएपछि निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने जनाइएको छ । विभिन्न स्थानमा ठूलो पहिरा जानाका साथै सडक भासिएको कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न कठिन भएको आयोजनाका प्रवक्ता अमीन्द्र खड्काले बताउनुभयो । वर्षाले क्षति गरेको कारण यस वर्ष लागेको ठेक्काबाहेकको काम गर्न नै करीब ३० करोड खर्चनुपर्ने देखिएको खड्काको भनाइ छ । 

यो आवमा ठूला मालवाहक र यात्रुवाहक सवारीलाई सञ्चालन योग्य बनाउने आयोजनाले लक्ष्य लिएको छ । यो सडकका लागि ०१४ सालमा ट्र्याक खोल्न शुरु गरेर ०१६ मा काम सकिएको थियो । तर त्यसपछि बागमती खोलामा पुल नबन्दा र केही चट्टाने भिरको क्षेत्रमा सडकको अवस्था नसुधारिएको कारण करीब ५० वर्ष यो सडक अलपत्र नै रहेकामा करीब एक दशकयता चासोपूर्वक निर्माणमा सरकार जुटेको हो । त्यसअनुसार निर्माण शुरु भएको ६० वर्षपछि यो राजमार्गमा कालोपत्र शुरु भएको हो । हालसम्म आयोजनाले मकवानपुरतर्फ ३० र ललितपुरतर्फ १५ किलोमिटर खण्डमा कालोपत्र गरिसकेको छ । अघिल्लो वर्षको दशैँमा नै सडकको निर्माण सक्ने भनिए पनि विस्फोटक पदार्थ अभावको कारण ढिलाइ भएको थियो । हाल आयोजनाले चट्टानयुक्त सडक क्षेत्रका लागि दुई वटा छुट्टै ठेक्का लगाएर ट्र्याक सहज बनाउने काम गरिरहेको छ । अन्य ट्र्याक खुलिसकेका खण्डमा कालोपत्र गरिँदैछ । ०६४ मा ब्युँतिएको यो आयोजनाले हालसम्म दुई अर्ब ५१ करोड खर्च गरेको आयोजना प्रबक्ता खड्काले जानकारी दिनुभयो । 

काठमाडौँबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ । 

कोरियाको सरकारी कम्पनीले लोकपथको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्री डाँडालगायत क्षेत्रका सडकलाई फराकिलो बनाउन विस्फोटक पदार्थबाट पहरा फोडिएको आयोजनाले जनाएको छ ।  हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँ आउने २२६ र पालुङ हुँदै आउने १३६ किमी, हेटौँडा–दक्षिणकाली–काठमाडौँ सडकको विकल्पका रुपमा कान्तिलोकपथलाई हेरिएको छ । २०१६ सालदेखि नै एक लेनको कान्तिलोकपथमा सवारी चल्न शुरु गरे पनि ललितपुर र मकवानपुरको सीमा बागमती नदीमा पुल नबन्दा समस्या भएको थियो । आयोजनाको ललितपुरतर्फको केही भागमा अझै बाटो फराकिलो बनाउनुपर्ने काम बाँकी नै छ । वर्षा सकिएसँगै निर्माणमा तीव्रता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ