रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारीलाई छाडियो

साझासवाल
1 Min Read

<p>भदौ १०, चितवन&nbsp;&nbsp;। कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।&nbsp;</p><p>पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् ।&nbsp; जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।&nbsp;</p><p>यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा हुनुभएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उहाँले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको बताउनुभयो ।&nbsp;</p><p>सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply