२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

२०७६, २८ भाद्र शनिबार ०३:३७

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । 

उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेङ्गुका बिरामीलाई उपचारार्थ काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “ जिल्लामा जाच्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहा डेङ्गु देखिएपछि  थप उपचारका लागि काठमाडौँ लगिएको छ ।” 

डेङ्गु नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियाननै सञ्चालनको तयारी गरेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो । बिहान र साँझमा डेङ्गु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले सुझाव दिनुभयो । 

पहिलोपटक चितवनमा भेटिएको डेङ्गु सुदूरपश्चिमका कैलाली, अछाम, कञ्चनपुर, दार्चुला र डोटीमा देखा परेकाले सावधानी अपनाउनु पर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

डेङ्गु फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने र फुल करीब छ महीना जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाडाकुँडा सधँै सफा गर्नुपर्ने शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा पानी फुल पार्ने र उक्त फुल महीनौँसम्म जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सरसामान सधैँ धुनु र सफा गर्नु जरुरी छ । डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन गरिएको छ । 

रोग नियन्त्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेङ्गु रोग फैलाउने लामखुट्टे पारेका फुलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नियन्त्रणका लागि सरकारी टोलीनै गठन गरेर जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फुलको पहिचान गरी नष्ट गर्दै छौँ ।” 

डेङ्गु प्रभावित जिल्लाका विभिन्न वडा तथा क्षेत्रमा डेङ्गु नियन्त्रणका लागि खटिएको सरकारी टोलीले अहिले धुँवा लगाउने (फगिङ) गर्दै आएको छ । सिलगढीका सिद्धराज जोशीले डेङ्गुले स्थानीयमा त्रास फैलिएको र अब त सामान्य रुघा, खोकी, ज्वरो आउँदा डेङ्गु नै भन्न थालिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा