२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

२८ भाद्र २०७६, शनिबार ०३:३७

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । 

उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेङ्गुका बिरामीलाई उपचारार्थ काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “ जिल्लामा जाच्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहा डेङ्गु देखिएपछि  थप उपचारका लागि काठमाडौँ लगिएको छ ।” 

डेङ्गु नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियाननै सञ्चालनको तयारी गरेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो । बिहान र साँझमा डेङ्गु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले सुझाव दिनुभयो । 

पहिलोपटक चितवनमा भेटिएको डेङ्गु सुदूरपश्चिमका कैलाली, अछाम, कञ्चनपुर, दार्चुला र डोटीमा देखा परेकाले सावधानी अपनाउनु पर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

डेङ्गु फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने र फुल करीब छ महीना जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाडाकुँडा सधँै सफा गर्नुपर्ने शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा पानी फुल पार्ने र उक्त फुल महीनौँसम्म जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सरसामान सधैँ धुनु र सफा गर्नु जरुरी छ । डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन गरिएको छ । 

रोग नियन्त्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेङ्गु रोग फैलाउने लामखुट्टे पारेका फुलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नियन्त्रणका लागि सरकारी टोलीनै गठन गरेर जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फुलको पहिचान गरी नष्ट गर्दै छौँ ।” 

डेङ्गु प्रभावित जिल्लाका विभिन्न वडा तथा क्षेत्रमा डेङ्गु नियन्त्रणका लागि खटिएको सरकारी टोलीले अहिले धुँवा लगाउने (फगिङ) गर्दै आएको छ । सिलगढीका सिद्धराज जोशीले डेङ्गुले स्थानीयमा त्रास फैलिएको र अब त सामान्य रुघा, खोकी, ज्वरो आउँदा डेङ्गु नै भन्न थालिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी