2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

असोज १, विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् ।

को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईका अनुसार जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको  राईले जानकारी दिए ।

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ । तर उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई