2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरी गोरखाबाट उडेको हेलिकप्टर सिउरेनीटार, नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

असोज १, गोरखा | गोरखा मनास्लु क्षेत्रबाट काठमाडौँका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक अवतरण गराइएको हो । 

हेलिकप्टरमा तीन जना यात्रु सवार रहेको गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । लगातार परेको झरीका मौसम खराब भएकाले दुई दिनदेखि उक्त हेलिकप्टर सामागाउँमै रोकिएको थियो ।

खराब मौसमका कारण आज बिहान मात्र काठमाडौँका लागि उडेको हेलिकप्टर १० बजेतिर आकस्मिक अवतरण गरिएको गोरखाका प्रहरी प्रमुख प्रहरी ओम अधिकारीले जानकारी दिनुभयो । सामागाउँबाट गोरखाको केरौँजा, धादिङ हुँदै काठमाडौँका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण सिउरेनीटारतिर पुगेको प्रहरीले जनाएको छ । 

नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिनुभयो । 

नेपालगञ्जमा बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल