२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

२०७६, १२ आश्विन आईतवार ०४:४७

असोज १२, चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ । 

एड्वानको अध्यक्षमा पम्फा

दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार बेलुका यहाँ सम्पन्न (एड्वान) को २०औँ साधारणसभा तथा निर्वाचनबाट उपाध्यक्षमा पम्फा नेपाली, महासचिवमा विन्दु परियार थापा, सचिवमा तीर्थकुमारी विक र कोषाध्यक्षमा सपना सुनार निर्वाचित हुनुभएको हो । 

त्यसैगरी सदस्यमा राममाया विक, माया लम्साल र सपना परियार निर्वाचित हुनुभएको छ । विसं २०५५ मा स्थापना भएको उक्त (एड्वान) ले ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायमा आयआर्जनका सीपसमेत सिकाउँदै आएको छ । अध्यक्ष पम्फा परियार गुरुङले एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार÷व्यावसाय गर्न आर्थिक सहयोगसमेत गर्दै आएको बताउनुभयो ।

महासचिव विन्दु परियार थापाले संस्थाले आगामी दिनमा दलित महिलाको उत्थान र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी