Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवनमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>मङ्सिर १५, चितवन । </b>माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।&nbsp;</p><p>इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहनुभएको छ । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो । </p><p>ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । खत्रीलाई ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।