2026-09-08 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक संस्कृति सर्वमान्य छन् :मुख्यमन्त्री पौडेल

मङ्सिर २६, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकिला पर्वसमेत भनिने उधौलीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदाय तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । 

सन्देशमा मुख्यमन्त्री पौडेलले विभिन्न जातजातिको साझा फूलबारीका रुपमा रहेको हाम्रो देशमा रहिआएको विगतदेखिको एकाअर्काबीचको सहिष्णुता र सद्भावकै कारण सबै जातजातिका संस्कृति सर्वस्वीकार्य भएको उल्लेख गर्नुभएको छ । 

“चिसो मौसम शुरु भएपछि बेंसी अर्थात् उँधो झर्नुपर्ने प्रक्रिया शुरु गरिने दिनका रुपमा तथा मानिस मात्र नभएर जनावर, चराचुरुङ्गीसमेत चिसो छल्न लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न एवं अन्नबाली भित्र्याइएको खुशियालीमा मनाइने भएकाले यो नेपाली किसानको खुशी साट्ने पर्व पनि हो”, सन्देशमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ