२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा ६३ घाइते

२७ मंसिर २०७६, शुक्रबार १४:२३

मङ्सिर २७, चितवन | सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन् । बिहीबार राति १०:४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चाकल गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ना३प ४६९० नम्बरको स्कुटर र ना२८प ४४४० नम्बरको मोटरसाइकल एक आपसमा जुधेको थियो । 

त्यस अघि दिउँसै कुरीनटारमा यात्रुवाहक बस पल्टिँदा आठ जना घाइते भएका छन् । कोइरालाका अनुसार काठमाडौँबाट बुटवलका लागि आउँदै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस इच्छाकामना–४ कुरीनटारमा अनियन्त्रित भई पल्टिएको थियो । घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज र अन्य सात जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरा मुक्त रहेको छ । 

त्यसअघि बिहान इच्छाकामना गाउँपालिका–४ कुरीनटारमा चार सवारी साधन ठक्कर खाँदा ६ जना घाइते भएका छन् । फिस्लिङ्बाट मुग्लिनतर्फ आउँदै गरेका दुईवटा यात्रु बोकेको चार पाङ्ग्रे सवारी साधन म्याजिक र दुईवटा स्कारपियो बाटो पार गर्ने क्रममा ठोकिँदा उनीहरु घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहानै राप्ती नगरपालिका–६ हर्दीमा बा३ख ८४९० नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन् । 

वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको सो बस अनियन्त्रित भई सडकबाट केही तल बारीमा पुगेको थियो । उनीहरुमध्ये आठ जनाको चितवन मेडिकल कलेज र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैगरी बिहीबार राति बाराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना७ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका–२ टाँडीमा अनियन्त्रित भई पल्टिएको हो ।

घाइतेमध्ये १८ जनाको रत्ननगर बकुलहर अस्पताल र चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चिप्लो बाटोमा समेत तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी भएको बताउनुभयो । राजमार्ग क्षेत्रका ठाउँठाउँमा सुरक्षा जाँच गरी सवारी तीव्र नहाक्न चालकहरुलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो