२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा ६३ घाइते

२०७६, २७ मंसिर शुक्रबार १४:२३

मङ्सिर २७, चितवन | सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन् । बिहीबार राति १०:४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चाकल गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ना३प ४६९० नम्बरको स्कुटर र ना२८प ४४४० नम्बरको मोटरसाइकल एक आपसमा जुधेको थियो । 

त्यस अघि दिउँसै कुरीनटारमा यात्रुवाहक बस पल्टिँदा आठ जना घाइते भएका छन् । कोइरालाका अनुसार काठमाडौँबाट बुटवलका लागि आउँदै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस इच्छाकामना–४ कुरीनटारमा अनियन्त्रित भई पल्टिएको थियो । घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज र अन्य सात जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरा मुक्त रहेको छ । 

त्यसअघि बिहान इच्छाकामना गाउँपालिका–४ कुरीनटारमा चार सवारी साधन ठक्कर खाँदा ६ जना घाइते भएका छन् । फिस्लिङ्बाट मुग्लिनतर्फ आउँदै गरेका दुईवटा यात्रु बोकेको चार पाङ्ग्रे सवारी साधन म्याजिक र दुईवटा स्कारपियो बाटो पार गर्ने क्रममा ठोकिँदा उनीहरु घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहानै राप्ती नगरपालिका–६ हर्दीमा बा३ख ८४९० नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन् । 

वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको सो बस अनियन्त्रित भई सडकबाट केही तल बारीमा पुगेको थियो । उनीहरुमध्ये आठ जनाको चितवन मेडिकल कलेज र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैगरी बिहीबार राति बाराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना७ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका–२ टाँडीमा अनियन्त्रित भई पल्टिएको हो ।

घाइतेमध्ये १८ जनाको रत्ननगर बकुलहर अस्पताल र चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चिप्लो बाटोमा समेत तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी भएको बताउनुभयो । राजमार्ग क्षेत्रका ठाउँठाउँमा सुरक्षा जाँच गरी सवारी तीव्र नहाक्न चालकहरुलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी