२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरबाट एघार किलो चरेससहित तीन जना पक्राउ, मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

२४ माघ २०७६, शुक्रबार ०२:३५

 माघ २४, भीमदत्तनगर । नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई  पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले  बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो । 

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

त्यसैगरी बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ८० वर्षीया तुलसीदेवी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । म२प ७३५८ नंको मोटरसाइकलको ठक्करबाट वृद्धाको बागफाँटाकै धर्मभक्त टोलमा मृत्यु भएको थियो । 


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले मोटरसाइकल चालक रामदिन रानालाई नियन्त्रणमा लिइ  थप अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य