फागुन २०, काठमाण्डौ | चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड-१९)ले विश्व नै आतंकित बनेको छ | विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण विश्वको भविष्य नै अनिश्चित भएको चेतावनी दिएको छ | हाल सम्म विश्वका ७५ भन्दा बढी देशमा उक्त भाइरसको संक्रमण फैलिसकेको छ |
सबैभन्दा बढी मानिसको मृत्यु चिनमा भएको छ भने त्यसपछि दक्षिण कोरियामा | इटाली,अमेरिका,कतार,जापान अस्ट्रेलिया,दुबई,भारतलगायतका देशहरुमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु फेला परिसकेका छन् | अनौठो भाइरस भएका कारण हाल सम्म केहि पत्ता नलागेको र यसबाट बच्न उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह छ | केहि दिन अगाडी मात्रै नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको भन्दै ३० जना नेपालीहरुलाई युएई सरकारले दुबईबाट स्वदेश फिर्ता पठाएको छ | नेपालमा पनि कोरोनाभाइरस संक्रमणको बिषयलाई लिएर निकै त्रास बढेको छ | सरकारले होलि नमनाउन आग्रह गरेको छ | एकठाउँमा जमघट नहुन,भिडभाडमा नजान,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजान र बाहिर निस्किदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न सुझाव दिइएको छ |
हाल सम्म नेपालमा एकजनामा मात्र कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ | अघिलो साता र आइतबार कोरोनाको आशंकामा शुक्रराज सरुवा रोग केन्द्रमा भर्ना भएका पाच जनामा नै कोरोना नभएको पुष्टि भएको अस्पतालले जनाएको छ |
जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।
कोरोना भाइरस विभिन्न प्रकारका छन् | यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो | अरु कोरोना भाइरस भन्दा यो भाइरसले तिब्र रुपमा मान्छेमा संक्रमण गरिरहेको छ | चिकित्सकहरुले निकै भयानक भाइरस भएको बताएका छन् |
कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण भने रुघाखोकी हुन्छ | जाडोको समयमा रुघाखोकी लाग्नु पनि सामान्य मानिन्छ | त्यसकारण यसबाट मानिसहरु झुक्किन सक्छन | रुघाखोकी जस्तै लागेपनि यो भाइरसले संक्रमण गरिसकेपछि क्रमस उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ | यो भाइरस उटा प्रजातिको जीवबाट अर्कोमा सर्छ | यसरी सर्दै मान्छे-मान्छे बिचपनि सर्ने गर्छ |
मुख्य त यो भाइरसबाट बच्ने उपाय भनेको सरसफाईमा ध्यान दिनु र होसियारी अपनाउनु हो | रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने गर्नु पर्छ | नियमित रुपमा साबुन पानीले हात धुने,खोक्दा र हाक्षु गर्दा नाकर मुख छोप्ने,फ्लु जस्तो देखिएमा जोकोहीको सम्पर्कबाट टाढा रहने,फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने,जंगली तथा घरेलु पशुपंक्षीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु/अण्डा राम्रोसंग पखालेर मात्र खाने |
बाहिर निस्किदा मास्कको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ |

