१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरको कोरोना विशेष अस्थाई अस्पतालमा बिरामीको मृत्युपछि अस्पतालद्वारा विज्ञप्ति जारी

११ चैत्र २०७६, मंगलवार ०९:१९

चैत ११, चितवन | चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना व्यक्तिको आज बिहान ९ बजे मृत्यु भयो । यो समाचार बाहिरिए पछि धेरैलाई कोरोनाकै कारण मृत्यु भएको हो भन्ने त्रास जागेको पाइएको छ । 

कोरोनाको आशंका गरि अस्थाई अस्पताल पठाइएका व्यक्तिको मृत्यु भएपछि त्यसको बिषयमा अस्थाई अस्पतालले बिज्ञप्ति जारी गर्दै कोरोनाकै कारण बिरामीको ज्यान गएको पुष्टि नभएको जनाएको छ । अस्थाई अस्पतालले मृतक चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको जनाएको छ । 


मंगलबार जारी विज्ञप्ति अनुसार मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय  सन्तोष यादव हुन् । उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंका देखिएपछि सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो । 

बिज्ञप्ति अनुसार यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भएका थिए । उनलाई सोमबार कोभिड १९ को आशंका देखिएको भन्दै अस्थाई अस्पताल भर्ना गरिएको थियो । विरामीको स्वाब (नमुना कलेक्सन) १० गते (सोमबार) नै काठमाडौं पठाइएको थियो । जुन रिपोर्ट आउन बाँकी छ ।

अस्थाई अस्पतालमा उपचाररत उनलाई आज बिहान साढे ९ बजे  चिकित्सकले मृत घोषित गरेका थिए । स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा रााखएको अस्पतालले जानकारी दिएको छ । 

हेर्नुहोस् यस्तो छ विज्ञप्ति


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा