साउन २, काठमाडौँ <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौँ <"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महामन्त्री कोइराला बुधबार डिस्चार्ज हुँदै

२०७३, २ श्रावण आईतवार १२:२०


साउन २, काठमाडौँ  नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले दुई दिनपछि घर जानसक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । 


डा हरिश जोशीले भने, 'अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको हो ।' डा जोशीले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि उहाँलाई घर पठाइने जानकारी दिए । 


महामन्त्री कोइरालाले साधारण खानपान गरिरहेका छन् । उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा जोशीले बताउए । महामन्त्री कोइरालाको स्वास्थ्य अचानक गम्भीर भएपछि उनलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो। अचेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । 


उनको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सको टोली खटिएको थियो । डा कोइरालाको उपचारमा उनकी पत्नी डा सुपात्रा कोइराला, डा अर्जुन कार्की, डा भगवान् कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस