2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाको आइसोलेशनमा रहेकामा भेटिएन कोरोना

 चन्द्रकला भण्डारी, चैत १९, भद्रपुर । झापाबाट कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाइएको थियो । दुबै जनामा कोरोना नभएको रिपोर्ट प्राप्त भएको मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो । 

कोरोना पुष्टि नभएका दुबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ । अरु तीन जनाको स्वाबको नमूना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । स्वाब परीक्षण गरिएका पाँचै विदेशबाट आएका नेपाली हुन् । मेची अञ्चल अस्पतालमा हाल ८ वटा आइसोलेसन कक्ष रहेका छन् । प्रदेश सरकारको सहयोगमा आइसोलेसनको सङ्ख्या तत्काल २५ पुर्याउनका लागि धमाधम निर्माण कार्य भइरहेको छ ।

अस्पतालमा इमजेन्सी र फिभर क्लिनिकमार्फत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुको जाँच र उपचार भइरहेको छ । दिनहुँ २८ जनाभन्दा बढी ज्वरो आएका र रुघा लागेका विरामी अस्पतालको इमर्जेन्सीमा आउने गरेको फोकल पर्सन पौडेलले बताउनुभयो । 

अस्पतालको आइसोलेसन, इमर्जेन्सी र फिभर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ)को अभाव रहेको छ । शुरुमा ५० वटा पीपीई प्राप्त भएकोमा आधाजसो प्रयोगमा आइसकेको हुँदा फारु गरेर काम चलाइरहेको पौडेलले बताउनुभयो । 

झापाको १५ स्थानीय तहमा कोरोना भाइरस रोकथामका लागि ३९५ श्यया क्षमताका २० वटा क्वारेन्टाइन चालू अवस्थामा छन् भने नेपाली सेनाले बनाइरहेको १०० श्ययाको एउटा क्वारेन्टाइन अन्तिम चरणमा पुगिसकेको छ । झापाका क्वारेन्टाइनमा ५६ जना बसेका छन् भने दुई जना कोरोना जाँचको रिपोर्ट नेगेटिभ आइसकेपछि होम क्वारेन्टाइनमा गइसकेका छन् ।

मेचीनगरमा फुड बैंक

झापाको मेचीनगर नगरपालिकामा विपन्न समुदायलाई भोकमरीबाट जोगाउन प्रमुख राजनीतिक दल, पत्रकार र व्यवसायी मिलेर फुड बैंक स्थापना गरेका छन् । विसं २०७२ सालको महाभूकम्पका बेला राहत प्रदान गर्न बनेको ‘मेची अभियान’ नामक संस्थामार्फत नै कोभिड–१९ को सङ्क्रमणका बेला फुड बैंक स्थापना गरिएको हो ।

मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाको संयोजकत्वमा मेचीनगरका नेकपा, नेपाली काँग्रेस, राप्रपा र समाजवादी पार्टीका प्रमुखहरु र पत्रकारलाई अभियानले सदस्य बनाएको छ । अभियानले स्थापना गरेको फुड बैंकमा दाताहरुले दिएको खाद्यान्न र नगद जम्मा गरिन्छ ।

कोडिभ–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको म्याद आठ दिनका लागि थपेसँगै दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको हातमुख जोड्दै आएका अति विपन्न परिवारको बिचल्ली हुन नदिन स्थापना गरेको बैंकमा हाल रु ९२ हजार ४९९ रकम जम्मा भइसकेको अभियानका संयोजक डालमियाले बताउनुभयो । 

“महामारीका बेला राज्यले मात्र सहयोग दिएर पुग्दैन”, उहाँले भन्नुभयो, “सबैले आआफ्नो ठाउँबाट सहयोग गरेर विपन्न समुदायलाई भोकमरीबाट जोगाउनुपर्छ ।” सर्वदलीय अभियान बनाएर दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न व्यक्तिहरुलाई फुड बैंकमार्फत खाद्यान्न वितरण गर्न थालिसकिएको संयोजक डालमिया बताउनुभयो । 

फुड बैंकमा सहयोग गर्ने दाताको सङ्ख्या दिनदिनै बढिरहेका छन् । संयोजक डालमियाले सामाजिक सञ्जाल, युट्युब, इन्टरनेट, फोन तथा मेसेजमार्फत शुभेच्छुकहरुले सहयोग गर्ने वचन दिइरहेको बताउनुभयो । मेचीनगर नगरपालिकाको खाद्यान्न व्यवस्थापन समितिको कार्यदलसँगको सहकार्यमा विपन्न मजदुरका परिवारलाई राहत वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई